युवा वैज्ञानिक शिखर सम्मेलन सकियो


९ असार २०७६, सोमबार १२:४२ मा प्रकाशित

काठमाडौँ । युवा वैज्ञानिकहरुको तेस्रो युवा शिखर सम्मेलन सकिएको छ । दुई दिने सम्मेलनमा ३५ वर्षमुनिका युवा वैज्ञानिकले जीवशास्त्र, भौतिक शास्त्रलगायतसँग सम्बन्धित नयाँ आविस्कार प्रस्तुत गरे ।

सम्मेलनको आयोजना ब्रेनी क्युव रिसर्च अर्गनाइजेशनले गरेको हो । कन्फिडेन्स नेपाल र प्रभु पेको सहयोगमा सम्मेलन पाटन कलेजमा भएको हो । सम्मेलनका संयोजक ईञ्जिनियर आकाश देवका अनुसार अमेरिका, मलेशिया, भारत गरी ४५ जना वैज्ञानिक उपस्थित थिए ।

सम्मेलनमा वैज्ञानिकहरुले प्रतिपादन गरेका शोधपत्रहरुमा उच्च माध्यमिक स्तरतर्फ पहिलो सफल श्रेष्ठ, दोस्रो ऋषि गुप्ता र तेस्रो निरज अधिकारीलाई पुरस्कृत गरिएको थियो । विश्वविद्यालय तर्फ सुशान्त सापकोटा र मोइज खान गोल्ड मेडलिस्ट भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here