काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटीरहित तवरले सम्पन्न गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।
आइतवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभुत तालिम १–१८१ औँ समूहको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी चुनावमा प्रहरीले पाएको जिम्मेवारीलाई निष्पक्ष र त्रुटीरहित तवरले सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
उहाँले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्नु प्रहरीको जिम्मेवारी भएको बताउनु भयो ।
उहाँले प्रहरीलाई कानूनको परिधिभित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन निर्देशन दिनुभयो ।
उहाँले गैरकानूनी तथा अपराधिक क्रियाकलापबिरुद्ध निर्मम हुन पनि निर्देशन दिनुभएको छ ।
जिम्मेवारीलाई त्रुटीरहित बनाउनु प्रहरीको जिम्मेवारी होः प्रहरी महानिरीक्षक सिंह
६ कार्तिक २०७९, आईतवार १४:४० मा प्रकाशित





