भारतका साहित्यकार टेगोरको प्रख्यात नाटक मालिनी झापाको बिर्तामोडमा प्रदर्शन हुँदै


५ कार्तिक २०७९, शनिबार १९:५४ मा प्रकाशित

झापा । भारतका बरिष्ठ साहित्यकार रबिन्द्रनाथ टेगोरद्वारा लिखित नाटक मालिनी झापाको बिर्तामोडमा प्रदर्शन हुने भएको छ ।

उक्त नाटक कात्तिक १८ गतेदेखि २४ गतेसम्म दिनको तीन पटक प्रदर्शन हुने भएको हो । अंग्रेजी भाषामा लेखिएको नाटक मालिनी काठमाडौंका नेचुरल्ली दिपकले अनुवाद गर्नुभएको हो ।

सन् २०२१ मा आयोजना इन्टरनेसनल नाटक फेस्टिबलमा उक्त नाटकको प्रदर्शनीले दोस्रो स्थान हासिल गरेको थियो ।

सुदिपजंग कार्कीको निर्देशनमा उक्त नाटक प्रदर्शन गर्न लागिएको जिनियस मिडियाका अध्यक्ष निरज पोखरेलले जानकारी दिनुभयो । बिर्तामोडको जिनियस मिडिया र बिर्तामोड उद्योग वाणिज्य संघको संयुक्त आयोजना नाटक मालिनी बिर्तामोडमा प्रदर्शन गर्न लागिएको हो ।

उक्त नाटकमा ‘मानवता नै ठूलो धर्म हो’ भन्ने भाव पाइन्छ । नाटकका अभिनयकर्ताहरू पूर्वकै रहेका छन् । नाम्लो नाट्य समूह मोरङले प्रस्तुत गर्न लागेको यो नाटक काठमाडौं र बिराटनगरमा प्रस्तुत भइसकेको छ ।

उक्त नाटक प्रदर्शनीको मूल प्रायोजक पूर्वाञ्चल क्यान्सर अस्पताल रहेको र श्रीखण्ड र आगमन ब्राण्ड सह-प्रायोजक रहेका छन् । विभिन्न संघसंस्था यस्का प्रायोजक रहेका छन् भने मिडिया पार्टनरको रुपमा सूर्योदय टेलिभिजन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here