सरकारको असफलताका कारण मुलुकमा आर्थिक संकट गहिरियोः विष्णु पौडेल


५ कार्तिक २०७९, शनिबार १४:२९ मा प्रकाशित

बुटवल । नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुकमा आर्थिक संकट गहिरिएको बताएका छन् ।

आज बुटवलमा उद्योगी तथा व्यवसायीको भेलालाई संवोधन गर्दै रूपन्देही २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवारसमेत रहेका पौडेलले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलाएर अध्यादेशको सरकार बनाउने खेलले मुलुकमा अस्थिर राजनीतिको सुरुआत गर्नु नै आर्थिक संकटको पहिलो कारण भएको बताए ।

उनले सरकारबाटै निजी क्षेत्रको घाँटी निमोठ्ने काम भएको टिप्पणी गरे । उनले भने, “सरकारको गलत आर्थिक नीतिका कारण निजी क्षेत्र पलायन हुने तथा श्रमिकको घरमा आगो नबल्ने अवस्था आयो”  “मुलुकमा चरम मूल्यवृद्धि भएको छ । म अर्थमन्त्री हुँदा ४ दशमलव २ प्रतिशतमा रहेको मूल्यवृद्धि दर अहिले बढेर ८ दशमलव १ प्रतिशतमा पुगेको छ ।”

गठबन्धनको नाममा सत्ता स्वार्थ र केही निहीत व्यक्तिको स्वार्थ पूर्तिका लागि अपनाइएको आर्थिक नीतिले मुलुकको उद्योग व्यवसाय ध्वस्त हुने अवस्थामा पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here