बस दुर्घटनामा परि भारतको मध्यप्रदेशमा १५ जनाको ज्यान गयो, ४० जना घाइते


५ कार्तिक २०७९, शनिबार १२:०४ मा प्रकाशित

झापा । भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ भने ४० जना भन्दा धेरै घाइते भएका छन् ज्यान गुमाउनेमा दिवाली मनाउन घर जाँदै गरेका मजदुर रहेका छन् । झण्डै सय जना यात्रु बोकेको बस उत्तर प्रदेशको गोरखपुर जाँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । मध्य प्रदेशको रीवाबाट ७० किलोमिटर टाढा सोहागी डाँडामा गएराति बस दुर्घटना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here