भारतको मध्यप्रदेशमा बस दुर्घटना, १५ जनाको मृत्यु


५ कार्तिक २०७९, शनिबार ११:२५ मा प्रकाशित

नयाँ दिल्ली । भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् ।

ज्यान गुमाउनेमा दिवाली मनाउन घर जाँदै गरेका मजदुर रहेका छन् ।

झण्डै सय जना यात्रु बोकेको बस उत्तर प्रदेशको गोरखपुर जाँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मध्य प्रदेशको रीवाबाट ७० किलोमिटर टाढा सोहागी डाँडामा गएराति बस दुर्घटना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here