झापा । झापाको गौरादह नगरपालिका ८ मा मंगलबार साँझ आफ्नै भतिजलाई गोली हानेर काका मृत अवस्थामा फेला परेका छन् ।
गौरादह ८ का ३५ बर्षिय बिरन शाहले आफ्नै भतिज हेमराज शाहलाई गोली हानेका हुन् । भतिजलाई गोली हानेका बिरन घटनास्थलबाट करिब ५० मिटर टाढा आफैंले कन्चटमा गोली हानेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।
काकाले हानेको गोली लागेर घाइते भएका हेमराजको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । बिरनको शवसंगै पेस्तोल र १४ राउन्ड गोली पनि बरामद भएको प्रहरीले जनाएको छ ।





