चुनावपछि पनि गठबन्धन रहन्छ – पर्यटनमन्त्री श्रेष्ठ


१ कार्तिक २०७९, मंगलवार १६:३५ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताउनुभएको छ । बाम (लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं ८ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरुबीच रहेको गठबन्धन कायम रहने बताउनुभयो ।काठमाडौं निर्वाचन क्षेत्र नं ८९ख०को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताउनुभयो । विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरुबीच बाम(लोकतान्त्रिक गठबन्धन कायम गरिएको भन्दै मन्त्री श्रेष्ठले सत्ता गठबन्धनबीच सहकार्य चुनावपछि पनि जारी रहने बताउनुभयो । संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि आफुहरुले गठबन्धन बनाएको उहाँको भनाइ छ ।जनताको समृद्धिको आकाँक्षालाई आगामी निर्वाचनपछि बन्ने सरकारले निरन्तर रुपमा अघि बढाउने उहाँले बताउनुभयो । काठमाडौं(८ मा आफुले सुरु गरेका कयौं परियोजना निरन्तरताका लागि आफु उम्मेदवार बनेको मन्त्री श्रेष्ठले बताउनुभएको थियो । विगतमा राष्ट्रिय सभा निर्वाचनदेखि सुरु भएको गठबन्धन अभ्यास सफल हुँदै आएको बताउनुहुँदै उहाँले गठबन्धनका दलहरुबीच चुनावमा इमान्दारीता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here