झापा । बिर्तामोड नगर प्रहरीले जथाभावीरुपमा फोहोर फाल्दै गरेको अवस्थामा मोटर साईकल,स्कुटर र साईकल नियन्त्रणमा लिएको छ ।बिर्तामोडको नयां बसपार्क पस्ने सडक नजिकै चिया बगान क्षेत्रमा सोमबार राती फोहोर फाल्दै गरेको अवस्थामा गस्तीमा रहेको प्रहरीले नियन्त्रणमा लिएको नगरप्रहरी प्रमुख किरण पाण्डेले जानकारी दिनु भयो ।प्रहरीले प्रदेश १(०२(०४४ प ५५०४ नम्बरको यामाहा मोटरसाईकल, मे ११ प ५८९१ नम्बरको स्कुटर र साईकल नियन्त्रणमा लिएको हो । यहां जथाभावीरुपमा फोहोर फाल्ने क्रम बढ्दै गएपछि नगरप्रहरीले २४ सै घण्टा गस्ती गर्दै आएको छ ।यस क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगरकमिटीको आयोजनामा सोमबार बिहान सरसफाई गरिएको थियो ।नियन्त्रणमा लिएका सवारीलाई नगरपालिकाको कार्यालयमा राखिएको छ । नगरपालिकोले जथाभावीरुपमा फोहोर फाल्न प्रयोग गरीएका साधन नियन्त्रणमा लिएर कानून अनुसार कार्वाही गर्दै आएको छ ।
बिर्तामोड नगर प्रहरीद्धारा फोहोर फाल्दै गरेको गाडि नियन्त्रणमा
१ कार्तिक २०७९, मंगलवार १०:४८ मा प्रकाशित





