कात्तिक १७ गते अघि आमसभा गरे उम्मेदवारी खारेज गरिदिने निर्वाचन आयोगको चेतावनी


१ कार्तिक २०७९, मंगलवार ०७:५९ मा प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले यही कात्तिक १७ गतेअघि उम्मेदवारले आमसभा गरेमा उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको छ ।

सत्ता गठबन्धनका उम्मेदवारहरूले कात्तिक ४ गतेदेखि ७ गतेसम्म सातै प्रदेशमा संयुक्त सभा गर्ने तालिका प्रकाशित गरेकोलाई मध्यनजर गर्दै आयोगले सो चेतावनी दिएको छ ।

उम्मेदवार मनोनयनसँगै कतिपय राजनीतिक दल र उम्मेदवारहरू खुला रूपमा चुनाव प्रचारप्रसार गर्न थालेको उजुरीको आधारमा आयोगले सो चेतावनी दिएको हो ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको १९ दिन अघिसम्म राजनीतिक दलका उम्मेदवारलाई कोणसभा र आमसभा गर्न निषेध गरेको छ ।

आयोगले तोकेको मितिअघि कोणसभा तथा आमसभामा गरिए आचारसंहिताको उल्लंघन हुनेछ ।

त्यस्ता उम्मेदवाहरूको मनोनयन खारेज गर्ने कठोर निर्णय आयोगले लिएको छ । दलहरूले कात्तिक १८ गतेबाट मात्रे प्रचार–प्रसार गर्न पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here