टि२० विश्वकपः आज दुई खेल हुँदै, आजको खेल जित्नैपर्ने दबाबमा श्रीलंका


१ कार्तिक २०७९, मंगलवार ०७:४३ मा प्रकाशित

काठमाडौं । आइसिसी टि२० विश्वप २०२२ को तेस्रो दिन आज दुई खेल हुँदैछन् । पहिलो खेलमा नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा श्रीलंका र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।

श्रीलंका र युएईबीचको खेल अष्ट्रेलियाको जिलोङमा नेपाली समय अनुसार दिउँसो १ः ४५ मा सुरु हुनेछ । एसिया कप २०२२ च्याम्पियन श्रीलंका पहिलो खेलमा नामिबियासँग ५५ रनले पराजित भएपछि जित्नै पर्ने दबाबमा छ । श्रीलंका आजको खेलमा पराजित हुँदा पहिलो चरणबाटै बाहिरिनेछ ।

श्रीलंका नामिबियाले प्रस्तुत गरेको १ सय ६४ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय ८ रनमा अल आउट भएको थियो । श्रीलंकाका दासुन शनकाले सर्वाधिक २९ रन बनाएका थिए । श्रीलंकाले आजको खेलमा उत्कृष्ट ब्याटिङ गर्नुपर्ने हुन्छ ।

त्यसको लागि प्रमुख ब्याटर कुशल मेन्डिस, भानुका राजपक्षे, पाथुम निसंका र धनुष्का गुणाथिलकाले जिम्मेवारीका साथ उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । श्रीलंकाले धनन्जय डि सिल्भाको स्थानमा चरिथ असलंकालाई मौका दिनसक्छ । गतवर्ष विश्वकपमा सानदार प्रदर्शन गरेपनि असलंका एसिया कपमा खराब प्रदर्शनपछि मौका पाउन सकेका छैनन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here