कस्तो रहन्छ आजको मौसम ?


१ कार्तिक २०७९, मंगलवार ०६:४२ मा प्रकाशित

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पहाडी भू-भागमा  आंशिक देखी सामान्य बदली  रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 
दिउँसो  देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली  रही बाँकी  प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। 
भोलि देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। पहाडी भूभागबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here