सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने


३० आश्विन २०७९, आईतवार १०:४६ मा प्रकाशित

काठमाडौं । आइतबार बिहान निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने भएको छ ।

उहाँको पूरै शरीर दान गरिएकाले अन्तिम संस्कार नहुने बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले बताउनुभयो । 

अन्तिम संस्कार नभए पनि उहाँको शवलाई अन्तिम श्रद्धाञ्जली भने सर्वसाधारणले दिन पाउने छन् ।

तर श्रद्धाञ्जलीका लागि कुन स्थानमा पार्थिव शरीर राखिने र कतिबेला दिने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको रोदनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here