काठमाडौं । आठौँ संस्करणको टी-२० विश्वकप आजबाट अस्ट्रेलियामा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन २ खेल हुनेछन् ।
पहिलो चरणको समूह ‘ए’अन्तर्गत हुने उद्घाटन खेलमा श्रीलंकाले नामिबियाकाे सामना गर्नेछ । याे खेल भिक्टाेरियास्थित साइमन्ड स्टेडियममा विहान पाैने १० बजे सुरु हुनेछ ।
त्यस्तै, दिउँसाे १ बजे सुरु हुने दोस्रो खेलमा नेदरल्याण्ड्सले युएईकाे सामना गर्नेछ । विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अस्ट्रेलियाका विभिन्न ७ स्थानमा हुनेछ । पहिलो चरण का२ समूहबाट शीर्ष २ टाेली सुपर १२ मा पुग्नेछन् ।
पहिलो चरणको समूह `ए मा नामिबिया, श्रीलंका, नेदरल्याण्ड्स र युएई तथा समूह ‘बी’ मा आयरल्याण्ड, जिम्बाब्वे, वेस्ट इण्डिज र स्कटल्याण्ड छन् । पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरु हुनेछन् ।





