सँस्कृतिविद् सत्यमोहन जोशीकाे निधन


३० आश्विन २०७९, आईतवार ०७:४६ मा प्रकाशित

काठमाडाैँ । सँस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीकाे निधन भएकाे छ ।

स्वास्थ्य अवस्थामा समस्या देखिएपछि बिहीबार पुनःआईसीयूमा सारिएका शताब्दी पुरूष सत्यमोहन जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।

उहाँको १०३ बर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उहाँलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । हिजाे फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो ।

डेङ्गी संक्रमण भएपछि उहाँलाई किष्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना हुनुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here