हुलाक सेवा विभागद्धारा अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने


२९ आश्विन २०७९, शनिबार १३:१६ मा प्रकाशित

काठमाडौँ । हुलाक सेवा विभागले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने भएको छ । यही असोज महिनाभित्र अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालनका लागि विभागले अन्तर्राष्ट्रिय विमान कम्पनी र सरोकारवालासँग छलफल, समन्वय र पत्राचार गरेको हो । विभागका महानिर्देशक इन्दु घिमिरेले सूचना, सञ्चार र प्रविधिको विकाससँगै हुलाक सेवाको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डाँक सेवालाई पुनः सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । द्रुत डाँक सेवा, पार्सल(सामान वा मालवस्तु र चिठ्ठीपत्रको काम गर्दै आएको विभागले आन्तरिक द्रुत सेवाअन्तर्गत हवाईमार्गमार्फत काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, मोरङ, धनुषा, बारा, रूपन्देही, बाँके र कैलाली जिल्लामा एक दिनमा पर्वतः, स्याङ्जा, तनहुँ, सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, रौतहट, कपिलवस्तु, नवलपरासी, चितवन, बर्दिया, सुर्खेत, कञ्चनपुर, मुगु, डोल्पा र जुम्लामा दुई दिन र बाँकी जिल्लामा तीन दिनमा सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here