वैश्विक भोकमरी सूचकाङ्कमा नेपाल ८१ औं स्थानमा


२९ आश्विन २०७९, शनिबार १२:५५ मा प्रकाशित

काठमाडौं । वैश्विक भोकमरी सूचकाङ्क (ग्लोबल हंगर इन्डेक्स) मा नेपाल ८१ औं स्थानमा पुगेको छ । भर्खरै सार्वनजिक भएको सन् २०२२ को ग्लोबल हंगर इन्डेक्समा नेपालको अवस्थामा भारत, पाकिस्तान र बंगलादेशको भन्दा राम्रो देखिएको हो ।गत वर्ष ११६ देशको वरियतामा नेपाल यो सूचकांकको ७६औं स्थानमा थियो ।१२१ देशको वरियतामा नेपाल ८१औं स्थानमा छ भने भारत १०७औं स्थानमा रहेको छ । पाकिस्तान ९९औं स्थानमा रहँदा बंगलादेश ८४औं स्थानमा पुगेको छ यो सूचिमा दक्षिण एसियाकै राम्रो अवस्थामा श्रीलंका देखिएको छ । आर्थिक समस्या झेलिरहेको श्रीलंका यो सूचकांकमा ६४औं स्थानमा रहेको छ ।दक्षिण एसियामा सबैभन्दा कमजोर रहेको अफगानिस्तान १०९औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here