काठमाण्डौ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनाव प्रयोजनका लागि निर्धारित चिह्नमध्ये तीन वटा चुनाव चिह्नमा सामान्य हेरफेर गरेको छ । आयोगको असोज २७ गतेको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य चुनाव तथा प्रदेशसभा सदस्यको निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती चुनाव चिह्नको अनुसूचीमा रहेको आकारमा हेरफेर गरिएको हो । चिह्न भने उही रहेको छ । निर्वाचन आयोगमा अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले यस्तो निर्णय गरिएको आयोगले जनाएको छ ।
तीन चुनाव चिन्हमा सामान्य हेरफेर
२९ आश्विन २०७९, शनिबार १६:०५ मा प्रकाशित





