काठमाण्डौ । मधेस प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी तीन जना मन्त्री बर्खास्तमा परेका छन् । मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई पदमुक्त गर्नुभएको मधेस प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री राउतले पनि मधेस सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्नुभएको हो । तीनै जना मन्त्री २०७८ सालको जेठ २६ गते नियुक्त भएका थिए ।





