झापा । झापा बिर्तामोडमा रहेको मनमोहन सामुदायिक अस्पतालमा एक पुरुषको पिसाब थैलीबाट करिब ढुंगा बन्न लागिसकेको कण्डम निकालिएको छ ।
३५ बर्षिय पुरुषको पिसाब थैलीबाट शल्यक्रिया गरेर कण्डम निकालिएको अस्पतालका निर्देशक रोमनी भट्टराईले जानकारी दिनुभयो ।
ती पुरुषको बिहीबार शल्यक्रिया गरिएको थियो । उनको शल्यक्रिया मुत्ररोग विशेषज्ञ डा. सरोजकुमार यादवले गर्नुभएको थियो ।
तर त्यो कण्डम पुरुषको पिसाब थैलीमा कसरी पस्यो भन्ने कुराले अचम्ममा पारेको डा. यादवले बताउनुभयो ।
ती पुरुष अहिले शल्यक्रिया गरेर स्वास्थ्य लाभ गरिरहकाले सोधपुछ नगरिएको अस्पताल प्रशासनले जनाएको छ ।





