एक लाख रुपैयाँ फिरौती दिन नसक्दा बिराटनगरमा युवकको हत्या


२८ आश्विन २०७९, शुक्रबार १४:१४ मा प्रकाशित

बिराटनगर । विराटनगर बसपार्कको एक होटेलमा १८ वर्षीय युवकको हत्या भएको छ ।

हत्या हुनेमा सिरहा गोलबजार घर भएका अंशु सदा रहेका छन् । सदालाई अपहरण गरेर विराटनगरको न्यु अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ । 

अपहणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए ।

१ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताउनुभयो । 

सामान्य किसान परिवारका सदा परिवार निम्न आर्थिक अवस्थाका हुन् । उनको हत्या २७ गते बेलुकै भएको कोइरालाको भनाइ छ । उनलाई इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङभित्र हालेर हत्यारा भाग्ने कोसिसमा थिए । 

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की रहेका छन् । घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here