एजेन्सी । पाकिस्तानमा एउटा गुडिरहेको बसमा आगालागी हुँदा १७ जनाको मृत्यु भएको छ ।
दक्षिणी पाकिस्तानमा गएराति गुडिरहेको बसमा आगलागी भएको हो ।
कराँची पोर्ट सिटीलाई सिन्ध प्रदेशको जमसोरो र हैदराबादसँग जोड्ने एम–९ मोटरवेमा उक्त घटना भएको हो ।
बसमा करिब ३५ जना यात्रा गरिरहेका थिए । बसमा सवारहरु दादु जिल्लाका बाढीपीडित रहेका समाचारमा जनाइएको छ ।
उनीहरु अवस्था सामान्य हुँदै गएपछि आश्रयस्थलबाट आफ्नो घर फर्किरहेका थिए ।





