बागी उम्मेदवारलाई आजसम्म उम्मेदवारी फिर्ता गर्न उर्दी


२७ आश्विन २०७९, बिहीबार ०६:५५ मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धनले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध  बागी उम्मेदवारी दिएकालाई आजसम्म उम्मेदवारी  फिर्ता गर्न निर्देशन दिएको छ ।

बुधवार बसेको गठबन्धनको बैठकले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले भोलिसम्म पनि उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनअन्तर्गत  मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता गर्ने समय हिजोका लागि निर्धारण गरेको थियो ।
आयोगको निर्धारित समयभित्र पनि उम्मेदवारी फिर्ता नगर्ने उम्मेदवारलाई आजसम्मको लागि समय दिएको बैठकमा सहभागी एक नेताले बताए ।

उनका अनुसार भोलिसम्म स्वैच्छिक रूपमा बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गर्नुपर्नेछ । यदि बागी उम्मेदवारी फिर्ता नगरेमा आ आफ्नो पार्टीका बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here