एमाले अध्यक्ष ओलीद्वारा गृहमन्त्री खाँणको राजीनामा माग


२६ आश्विन २०७९, बुधबार २०:१९ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग्नु भएको छ।

गैरआवासीय नेपाली संघ २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्रविरोधी भएको भन्दै लोकतन्त्र रक्षाका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो।

उहाँले गैरआवासीय नेपाली संघमा गएर राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको बताउनुभयो।

अध्यक्ष ओलीले मञ्चको दुरुपयोग गरी गृहमन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको बताउनुभयो।

उहाँले राष्ट्रपति संस्था प्रतिवाद गर्ने संस्था नरहेको उल्लेख गर्दै प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गर्नु गम्भीर गल्ती भएको जिकिर गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here