काठमाडौं । डेंगु रोगबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३३ हजार ९७५ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको छ । मन्त्रालयले आवश्यक सावधानी अपनाउन अपिलसमेत गरेको छ ।
डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल
२४ आश्विन २०७९, सोमबार १६:३४ मा प्रकाशित





