झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओलीसँगै २७ जनाको उम्मेदवारी, स्वतन्त्र मात्रै १४ जना


२४ आश्विन २०७९, सोमबार १४:४७ मा प्रकाशित

झापा । नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएका निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन्।
मनोनयन दर्ता गराउनेमा स्वतन्त्र उम्मेदवार मात्रै १४ जना रहेका छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराइएको थियो ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका पाँच निर्वाचन क्षेत्रका लागि एक सय एक जनाले प्रतिनिधिसभातर्फ र एक सय ६ जनाले प्रदेशसभातर्फ उम्मेद्वारी दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा सदस्यका लागि नौ महिलासहित स्वातन्त्र ३३ गरी झापामा एक सय एक जनाको उम्मेदवारी रहेको छ ।
जसमा झापा क्षेत्र नं १ मा तीन महिलासहित १६ जना, २ मा एक महिलासहित बीस जना, ३ मा अठार जना, ४ मा एक महिलासहित बीस र ५ मा चार महिलासहित २७ जनाको उम्मेदवारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here