पहिरोमा परि मुगुमा ३ जनाको ज्यान गयो


२४ आश्विन २०७९, सोमबार १४:३१ मा प्रकाशित

मुगु – अविरल वर्षाका कारण हिजो आइतवार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिकामा तीन जनाको ज्यान जानुका साथै आठ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका–११ सालिममा पहिरोमा परेर तीन जनाको ज्यान गएको हो भने आठ जना बेपत्ता भएका छन् ।
मृतक र बेपत्ता भएकाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यस्तै वडा नं ८ मा १० वटा घर पहिरोका कारण भत्किएका छन् ।
छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ टोप्ला गाउँमा पहिरोले घर भत्किँदा २५ भेडासहित लाखौँको धनमाल नष्ट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here