सत्ता गठबन्धनबाट जसपा बाहिरियो, चार मन्त्रीको पद धरापमा


२१ आश्विन २०७९, शुक्रबार १२:४३ मा प्रकाशित

झापा । सत्ता गठबन्धनको आजको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान ९ बजेबाट जारी गठबन्धनको बैठकमा जसपाका नेताहरु सहभागी नभएको कांग्रेस महामन्त्री गगन थापाले बताउनुभएको छ ।
यता जनता समाजवादी पार्टी (जसपा) का चार जना मन्त्रीको पद धरापमा पर्ने भएको छ ।
सत्ता गठबन्धन छाडेर प्रतिपक्षी एमालेसँग जसपाले चुनावी तालमेल गरेपछि चार मन्त्रीको पद धरापमा पर्ने देखिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादवको जिम्मेवारी खोस्ने हुनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here