झापा । एएफसी यू-१७ एसियन कप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले शुक्रबार घरेलु टोली भियतनामको सामना गर्दैछ।
नेपाल र भियतनामबीचको खेल साँझ ५:४५ बजे फु थोस्थित भियत त्रि स्टेडियममा सुरु हुनेछ ।
उच्च लयमा रहेको भियतनामविरुद्ध नेपाल पहिलो जितको खोजीमा हुनेछ ।
बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।
छनोट अन्तर्गत नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ ।
एएफसी यू-१७ एसियन कप छनोट खेलमा आज नेपाल र भियतनाम भिड्दै
२१ आश्विन २०७९, शुक्रबार ११:३९ मा प्रकाशित