काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका लगाउनु भएन।
भ्रातृशोकमा रहनु भएका प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाउनु भएको हो ।