हलहरूले शो दिएनन्, नेपाली चलचित्रकर्मीहरूले दिए आन्दोलन गर्ने चेतावनी


१८ आश्विन २०७९, मंगलवार ०७:२४ मा प्रकाशित

काठमाडौं । चलचित्रकर्मीहरुले नेपाली चलचित्रलाई हलहरुले शो नदिएर चलचित्र नै बन्न नदिने नियतले एकपछि अर्को षड्यन्त्रहरु भइरहेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

बाबरी चलचित्रका बिषयमा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले चलचित्र चल्न नदिन हलहरुमा शो नदिने र अनेकन दुःख दिने गतिविधिहरु भइरहेको भन्दै राज्यलाई तत्काल नीतिनियममा सुधार गर्न आग्रह गर्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

उक्त चलचित्रका निर्माता समेत रहेका नायक नबल खड्काले देशमा विदेशी फिल्मको दलाली भइरहेकोले आन्दोलनमा जाने बताउनुभयो । निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमाथि सदैव समस्या पार्ने गतिविधि हुँदै आएकोमा सरकारले नीति नियम बनाएर समाधान गर्नुपर्ने बताउनुभयो ।

चलचित्र नायक धीरज मगरले बाबरी चलचित्रले दर्शकको माया पाइरहेपनि शो नपाइरहेकोमा आपत्ती जनाउनुभयो । बाबरी चलचित्रकी नायिका अदिती बुढाथोकीले नेपाली चलचित्रहरुको विकास गर्ने परिवेश निर्माण भएमा मात्र नेपालको हित हुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here