एमाले अध्यक्ष ओली झापामा, आज दसैं शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने


१८ आश्विन २०७९, मंगलवार ०७:४३ मा प्रकाशित

झापा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार झापामा चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ ।

झापाको बिर्तामोडमा आयोजना गरिएको चियापान तथा दसैं शुभकामना आदानप्रदान कार्यक्रमका लागि ओली सोमबार नै झापा आइपुग्नु भएको हो।

ओलीले नियमित रुपमा दसैंको महानवमीका दिन उहाँकोसमेत गृहजिल्ला झापामा दसैं/ तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आउनुभएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here