इन्डोनेसियामा फुटबल खेलपछि भएको हिंसामा १२९ जनाको मृत्यु


१६ आश्विन २०७९, आईतवार १०:३१ मा प्रकाशित

काठमाडौं।  इन्डोनेसियाको जाभा प्राप्तमा फुटबल खेलपछि भएको हिंसा र भागदौडमा १ सय २९ जनाको मृत्यु भएको छ।

उक्त हिंसामा १ सय ८० जना घाइते भएको गार्जियनले जनाएको छ ।

इन्डोनेसियाको शीर्ष डिभिजनको लिग वान फुटबल अन्तर्गत अरेमा र पर्सेबाया सुराबायाबीचको खेलपछि उक्त हिंसा भएको थियो ।

खेलमा अरेमा ३-२ ले पराजित भएपछि समर्थकहरु एक अर्कामा हिंसात्मक गतिविधिमा उत्रिएका थिए ।

३४ जनाको कन्जुरुहान रंगशालामा र बाँकीको अस्पतालमा मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here