देशको वर्तमान अवस्था र शासन व्यवस्थामाथि पूर्वराजा ज्ञानेन्द्र शाह आक्रोशित


१४ आश्विन २०७९, शुक्रबार ०७:३२ मा प्रकाशित

 काठमाडौं । देशको वर्तमान अवस्था र शासन व्यवस्थामाथि पूर्वराजा ज्ञानेन्द्र शाह खनिनु भएको छ ।

उहाँले देशको शासन व्यवस्थामाथि आक्रोश पोख्नुभएको छ।

भिडियो सन्देश मार्फत दशैँको शुभकामना दिँदै पूर्वराजा शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको बताउनुभएको छ।

उहाँले न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था आएको बताउनुभएको छ ।

शाहले मुलुक देशी विदेशीको क्रिडास्थल बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले भ्रष्टाचारले शासक पथभ्रष्ट हुँदै गएकाे टिप्पणी गर्नुभएको छ ।

उहाँले शुक्रबार बिहान भिडियोमार्फत् सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल नबन्ने बताउनुभएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here