काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले चाडबाडको समयमा शान्ति सुरक्षा, आवतजावत र महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गरी तीन वटै तहका सरकारलाई उक्त आग्रह गरेको हो ।
यातायात र आवतजावतमा हुने कठिनाइको प्रभावकारी अनुगमन र निगरानी गर्न, सम्भावित दुर्घटना रोक्न विशेष सतर्कता अपनाउन, बजार अनुगमन तथा महँगी नियन्त्रण गर्न एवम् आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार चाडबाड मनाउने वातावरणको सिर्जना गरी सांस्कृतिक अधिकारको सुनिश्चितता गर्न आयोग तीनै तहका सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, आम नागरिक तथा सम्बद्ध सबैमा अनुरोध गर्दछ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।
चाडबाडका समयमा हुन सक्ने शान्ति सुरक्षा र अमनचयन खलबल्याउने अवाञ्छित क्रियाकलाप रोक्नका लागि प्रभावकारी कदम चाल्न, शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन पनि आयोगले आग्रह गरेको छ ।





