डुंगा दुर्घटनामा परी आसामका सातजना बेपत्ता


१३ आश्विन २०७९, बिहीबार १४:५० मा प्रकाशित

काठमाडौँ । भारतको आसामस्थित धुब्रीमा ब्रह्मपुत्र नदीमा डुंगा दुर्घटना भएको छ ।

२५ जना मानिस बोकेको डुंगा निर्माणाधीन पुलनजिकै दुर्घटना भएको हो ।

एक स्थानीय अधिकारीले दिएको जानकारी अनुसार दुर्घटनामा परी कम्तीमा सातजना मानिस बेपत्ता भएका छन् ।

केही मानिस पौडेर बाँच्न सफल भएका थिए भने केहीको उद्धार गरिएको थियो।अहिले बेपत्ता मानिसहरुको पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here