काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा यस सिजनको शहीद स्मारक ए डिभिजन लिग आगामी पुस ८ गतेदेखि गर्ने गरी विशेष साधारण सभाबाट अनुमोदन गरेको छ ।
यसअघि साउन २६ मा बसेको कार्यसमिति बैठकले पुस ८ देखि ए डिभिजन लिग गर्ने गरी मिति प्रस्ताव गरेको थियो ।
विशेष साधारण सभाले एन्फाको वार्षिक बजेट र वार्षिक कार्यक्रम पारित लगायत विभिन्न निर्णयहरु समेत गरेको छ ।
तर, एन्फाले देशकै मुख्य लिग मानिने ए डिभिजन लिगका लागि स्पष्ट खाका भने अझै सार्वजनिक गर्न सकेको छैन ।





