मैत्रीपूर्ण खेलमा नेपालद्वारा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेश पराजित


११ आश्विन २०७९, मंगलवार २०:०० मा प्रकाशित

काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।

नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो ।

बंगलादेशका सजाद होसेनले एक गोल फर्काए । नेपालले खेलको १८ औं मिनेटमा अन्जनको गोलबाट सुरुआती बनाएको थियो । विमल घर्ति मगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत गोल गरेका हुन् ।

२७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । ३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३–० को अग्रता दिलाए ।

खेलको ५५ औं मिनेटमा सजाद होसेनले गोल गर्दै बंगलादेशलाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र नेपाल ३–१ ले विजयी भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here