यूईएफए नेसन्स लिग : बेल्जियम र फ्रान्स पराजित हुदा वेल्स रेलिगेसनमा


१० आश्विन २०७९, सोमबार ११:३८ मा प्रकाशित

काठमाण्डौ । यूईएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्डले बेल्जियमलाई र डेनमार्कले फ्रान्सलाई हराएको छ ।

यस्तै, यही समूहको अर्को खेलमा पोल्यान्डले वेल्सलाई १–० ले पराजित गरेको छ ।

हारसँगै वेल्स रेलिगेसनमा परेको छ ।

कप्तान भर्जिल भान डाइकको गोलमा नेदरल्यान्डले बेल्जियममाथि १–० को जित निकालेको हो ।

यस्तै, डेनमार्कले फ्रान्सलाई २–० गोल अन्तरले हराएको हो ।

डेनमार्कलाई जित दिलाउन कास्पर डोल्बर्ग र आन्द्रेस ओल्सेनले एक एक गोल गरे ।

अर्को खेलमा क्रोयसिया विजयी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here