म प्रधानमन्त्रीको रेसमा छैन : प्रचण्ड


१० आश्विन २०७९, सोमबार १२:३० मा प्रकाशित

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू लामो समयदेखि प्रधानमन्त्री बन्ने रेसमा नभएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल चितवन जिल्ला समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले आफूलाई विकास र समृद्धिमा समर्पित गर्ने बताउनुभयो ।

मंसिर ४ गतेको चुनावपछि आफूलाई फेरि प्रधानमन्त्रीको रेसमा जान दलका नेताहरुले आग्रह गरेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीको रेसमा नभइ लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो ।

राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढ आर्थिक विकास र समृद्धिमा आफूलाई समर्पित गर्ने प्रचण्डले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here