काठमाडौं । दसैंमा आवातजावत सहज बनाउन भन्दै सवारी साधनको रुटपर्मिट खुल्ला गरिएको छ ।
आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट पर्मिट खुल्ला भएको हो ।
यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ ।
आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिने हुँदा परीक्षणमा कडाइ गरिएको हो ।
यान्त्रिक परीक्षण विना काठमाण्डाै उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका कुनै पनि गाडी चलाउन नपाइने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।





