मन्त्रिपरिषद् बैठकः राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई मासिक ५० हजार रुपैयाँ दिने निर्णय


९ आश्विन २०७९, आईतवार १८:४६ मा प्रकाशित

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको यान्त्रीक परिक्षण, भारवहन क्षमता, सवारीको गति लगाएका बिषयमा अनुगमन गर्न समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्का निणर्य सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थीत गर्न एवं दुर्घटनालाई न्युनिकरण गरि नागरिकको आवागमनलाई सुरक्षित बनाउनका लागि सवारीसाधनको अवस्थाको अनुगमन, नियमन, सुपरिवेक्षण गर्न गृहमन्त्रालयका सहसचिव फणीन्द्रमणी पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो ।

बैठकले बिज्ञापन बोर्डका लागि अधिकृतस्तरका कर्मचारीहरुको अस्थायी दरवन्दी स्वीकृत गर्ने निणर्य गरेको छ भने शताव्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य मन्त्रालयले एक जना नर्स उपलव्ध गराउने निणर्य गरेको छ ।

त्यस्तै राष्ट्रगानका रचयिता व्याकुल माइलालाई सहज जिवन यापनका लािग मासिक २५ हजार भत्ता उपलव्ध गराउदै आएको उक्त रकममा बृद्धि गरि मासिक ५० हजार रुपैया उपलव्ध गराउने निणर्य भएको प्रवक्ता कार्कीले बताउनुभयो । त्यस्तै मन्त्रीपरिषद्ले दार्चुला जिल्लाको महाकाली नगरपालीका र नौगाढ गाँउपालीकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निणर्य गरेको कार्कीले जानकारी दिनुभयो ।

बैठकले चूरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तीक स्वीकृत प्रदान गर्ने, बिभिन्न स्थानीय तहहरुलाई बिभिन्न प्रयोजनका लािग जग्गा प्राप्त गर्न स्वीकृती दिने निणर्य पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here