झापा । नेपाल पत्रकार महासंघ झापा शाखाकी उपाध्यक्ष सुशीला संग्रौला पोखरेललाई पतिशोक परेको छ ।
उहाँका पति बिर्तामोड ४ का देवीप्रसाद पोखरेललाई मेचीनगर १२ कालिझोडा जंगलमा मृत अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अुनसार पोखरेलले विष सेवन गरेको हुनसक्ने अनुमान गरिएको छ ।
घटनाको अध्ययन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको साथबाट सुसाइड नोट वा अन्य कुनै किसिमका लिखत भेटिएको छैन ।





