सुनसरीमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु


९ आश्विन २०७९, आईतवार १६:१९ मा प्रकाशित

झापा । सुनसरीको ईटहरी उप-महानगरपालिका १७ मा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

आईतबार बिहान साँढे १० बजे चतराबाट कान्छीचोक तर्फ आउँदै गरेको प्रदेश नं १-०२-०४४ प १६०८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधूनी नगरपालिका ६ का ४१ बर्षीय सुमन रेग्मी र सोही मोटरसाईकल पछाडी सवार ६० बर्षीय राम प्रसाद रेग्मीलाई उपचारको लागी न्युरो अस्पताल बिराटनगर लैजाने क्रममा ६० बर्षीय राम प्रसाद रेग्मीको बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय पकलीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here