मुख्यमन्त्रीद्धारा प्रदेश १ को मुख्य न्यायाधिवक्ता परिवर्तन


९ आश्विन २०७९, आईतवार १३:१३ मा प्रकाशित

झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठलाई हटाएर परिवर्तन राईलाई नियुक्त गरेका छन् ।

आइतबार विहान राईलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता राईलाई आइतबार प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले सपथ गराएका हुन् ।

पार्टी निकट कानुन व्यावसायीलाई पालो पुर्‍याउन मुख्यमन्त्री राईले नौं महिनामै मुख्य न्यायाधीवक्ता फेरेको भन्दै आलोचना भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here