आचारसंहिताबारे निर्वाचन आयोगले आज दलका नेताहरूसंग छलफल गर्दै


९ आश्विन २०७९, आईतवार ०७:१६ मा प्रकाशित

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि तयार पारिएको आचारसंहिताबारे निर्वाचन आयोगले आज राजनीतिक दलसंग छलफल गर्दैछ ।

आयोगले छलफलका लागि दलका नेताहरूलाई आयोगमा बोलाएको छ।

आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूसँग छलफल गर्न लागेको छ।

आयोगका एक आयुक्तका अनुसार छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीलगायत १२ वटा राजनीतिक दलका पदाधिकारीलाई बोलाइएको छ।

आयोगले केही दिनमा आचारसंहिता लागु गर्ने तयारी गरेको छ। त्यसअघि दलहरूबाट प्रतिवद्धता लिन आयोगले छलफलका लागि बोलाएको हो।

गत वैशाखमा भएको स्थानीय तह चुनावका बेला पनि आयोगले दलहरूसँग आचारसंहिताबारे छलफल गरेको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here