लामखुट्टे नष्ट गर्ने अभियान दुई महिना अघि नै शुरु गर्नु पर्थ्योः डा. पुन


८ आश्विन २०७९, शनिबार १९:४८ मा प्रकाशित

काठमाडौं । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले स्वास्थ्य मन्त्रालय अन्तर्गतको लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडीदेखि सुरु गरेको भए यस्तो अवस्था नआउने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उहाले एकै परिवारका सदस्य पालैपालो अस्पताल पुगेपछि आफूलाई त्यत्ति बेला देखिनै घर–घरमा डेंगी पुगेको महसुस गर्न थालेको बताउनुभयो ।

डा. पुनले आफुले एक दिनमा ७०/८० जनासम्म डेंगीका बिरामी जाच्ने गरेको सुनाउनुभयो । पछिल्लो समय व्यवसायीहरुले वरिपरि लामखुट्टे धपाएर बस्ने की कारोबार गर्ने चुनौती आएको भन्दै उहाले यस्तो समस्या देशमा मात्र नभई विश्वभर नै भएको बताउनुभयो ।

नेपालले कोभिड महामारीबाट पनि पाठ नसिकेकोले आज यो अवस्था आएको र अब पनि पाठ नसिके अझै ठुलो समस्या ननिम्ताउला भन्न नसकिने उहाको भनाइ छ ।

सिकिस्त भएका बिरामी मात्रै अस्पताल पुग्ने र लक्षण देखिएका बिरामी घरमै बस्ने गरेको उल्लेख गर्दै उहाँले बिरामीको संख्या धेरै हुनसक्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here