धोबीखोला करिडोरमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन मन्त्री चौधरीको आग्रह


८ आश्विन २०७९, शनिबार १४:२५ मा प्रकाशित

काठमाडौं । शहरी बिकासमन्त्री मेटमणि चौधरीले धोबीखोला करिडोरमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गर्नुभएको छ ।

शनिबार धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री चौधरीले धोबीखोला करिडोरको केहि स्थानमा मात्रै सडकको मापदण्ड मिचेर संरचना बनाएको पाइएको भन्दै मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गर्नुभएको हो ।

अनुगमनका क्रममा उहाले सडक छेउमा रहेका आवतजावतलाई कठिनाई हुने गरि पार्किङ नगर्न पनि आग्रह गर्नुभएको थियो । उहाले धोबीखोला करिडोरको फुटपाथमा रहेका बिधुत प्राधिकरणको भूमिगत तारको बक्सहरुका कारण आवातजावतमा कठिनाई भएको पाइएकाले यस बिषयमा प्राधिकरणसंग छलफल गर्ने बताउनुभयो ।

त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणका बिकास आयुक्त जानुका ढकालले केहि समय अघि सडकमा रहेका निर्माण समाग्री हटाइएपछि अहिलेको अवस्था बुझ्न अनुगमन गरिएको बताउनुभयो ।

ढकालले धोबीखोला करिडोरको स्तरोन्नतीको काम भइरहेको जानकारी दिनुभयो । उहाले धोबीखोला करिडोरमा नियमित अनुगमन गरि व्यवस्थीत गर्ने कामलाई जारी राख्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here