सवारी साधनमा लगाएको २० बर्षे आयु पुनर्बिचार गर्न माग


६ आश्विन २०७९, बिहीबार १९:४८ मा प्रकाशित

काठमाडौं । स्वरोजगार यातायात मजदुर संगठनले सार्वजनिक सवारी साधनमा लगाएको २० बर्षे आयु पुनर्बिचार गर्न माग गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले भेहिकल फिटनेश टेष्टका आधारमा मात्रै सवारीसाधन चल्न पाउने मापदण्ड बनाई २० बर्षे आयु पुनर्बिचार गर्न माग गरेको हो ।

सार्वजनिक सवारीलाई लगाइएको २० बर्ष आयु तोक्ने निर्णय तत्काल खारेज हुनुपर्ने, २० बर्ष पुगेका सवारी साधनहरुको कागजपत्रहरु तत्काल नविकरण गर्नुपर्ने र जफत गरिएका सवारी सवारी साधनहरु तत्काल सवारी धनीहरुलाई फिर्ता गर्नुपर्ने आफुहरुको माग रहेको संगठनका अध्यक्ष खड्ग बहादुर गिरीले जानकारी दिनुभयो ।

उहाले गाडीहरु आयुले नभई इञ्जीनले चल्ने भएकाले इञ्जीन सहि अवस्थामा रहेका सवारी साधन चल्न पाउनुपर्ने बताउनुभयो ।

संगठनले यस बिषयमा आफुहरु छलफल गर्न तयार रहेको र समस्या समाधान नभए संघर्षको बाटो रोज्ने चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here