बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर उत्पादन क्षेत्रलाई बाधा पुग्योः अर्थमन्त्री शर्मा


६ आश्विन २०७९, बिहीबार १९:४३ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर उत्पादन क्षेत्रलाई बाधा पुगेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा पहिलो नाडा ईभी एक्स्पोको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले बैंकले निक्षेपमा १३/१४ प्रतिशत ब्याज दिने नीति लिँदा उत्पादन क्षेत्रलाई बाधा पुगेको बताउनुभएको हो ।

ब्याज कै कारण पैसा बैंकमा राख्ने कामले उत्पादनशिल काममा लगानी हुन नसकेको उहाँको भनाइ छ । उहाँले बैंकका प्रतिनिधि, उद्योगी र अर्थ मन्त्रालय माताहतका निकायलाई समेत राखेर यसको बारेमा छिटै छलफल गरेर निष्कर्ष निकाल्ने धारणा राख्नुभयो ।

उहाँले अर्थतन्त्रलाई बलियो बनाउन आयातलाई प्रतिस्थापन गरेर निर्यात बढाउनतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । अर्थमन्त्री जनार्दन ईभी एक्स्पो नाडाको मात्रै नभइ देशकै भएको बताउनुभयो । उहाँले नेपालमा विद्युतीय गाडी प्रवद्र्धन गर्ने सरकारको नीतिबाट पछि नहट्ने समेत स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री शर्माले सरकारले निश्चित अवधिपछि विद्युतीय सवारी चल्ने मात्रै व्यवस्था गर्न लागेको उल्लेख गर्नुभयो पेट्रोलियम पदार्थबाट चल्ने सवारी कहिले रोक्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी दिदै उहाले पेट्रोलियम पदार्थ खरिदका लागि खर्च हुने रकमलाई न्युनिकरण गर्नुपर्ने बताउनुभयो ।

बिहिबारबाट काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो शुरु भएको हो । नाडाले १९९८ देखी नै नाडा अटो शो गर्दै आएको छ । नाडा ईभी एक्स्पो पहिलो पटक भएको हो । एक्स्पोमा ५१ वटा स्टल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here